२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

नागरिकताविहीनले दिए राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद



काठमाडौं । नागरिकताविहीनले नागरिकता पाउने भएपछि राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद दिएका छन् ।

शुक्रबार माइतीघर मण्डलामा भेला भएर उनीहरुले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वोच्चलाई धन्यवाद दिएका हुन् ।

बिहीबार सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नागरिकताविहीनहरुले अब आफूहरुले नागरिकता पाउने भन्दै सबैलाई धन्यवाद दिएका हुन् ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले संसदबाट दुई–दुई पटक पारित भएको नागरिकता विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निश्क्रिय भयो वा शून्यमा गयो भन्न नमिल्ने ठहर गरेको छ । योसँगै अब संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ ।

लामो समय राष्ट्रपतिबाट प्रमाणीकरण नागरिकता विधेयक कार्यान्वयनको माग राखेर आन्दोलनमा उत्रिएकाहरुले शुक्रबार धन्यवाद दिएका हुन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  २ : ४२ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे