१० पुस २०८२, बिहिबार | December 26, 2025

प्रचण्ड सरकारको विकल्पको ढोका खुलिसक्यो : एमाले प्रचार प्रमुख गौतम



काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्पको ढोका खुलिसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले शुक्रबार आयोजना गरेको अन्तर संवादमा गौतमले वर्तमान गठबन्धन सरकारले देश हाँक्न नसकेकाले विकल्पको ढोका खुलेको बताएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको विषयमा दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको समाचार आइरहेको बताउँदै उनले सरकार परिवर्तनको खेलमा एमाले नलाग्ने भए पनि वर्तमान सरकार देश हाँक्न नसक्ने प्रमाणित भएकोले विकल्प खोज्नुपर्ने बताए ।

‘सरकार परिवर्तनको खेलमा हामी छैनौं, तर सरकार आफैँ असफल सावित भइसकेकोले जनताले सरकार परिवर्तनको बहस प्रारम्भ गरिसकेका छन,’ गौतमले भने, ‘एमाले सरकार परिवर्तनको खेलमा लाग्दैन । देश असफल बन्दा हामी टुटुटुलु हेरेर बस्न सक्दैनौं । मुलुकलाई निकास दिन सरकारको नेतृत्व गर्नुपरे एमाले तयार छ ।’

वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गर्दै उनले भने, ‘बाढीपहिरोका कारण धनजनको क्षति भएको छ । त्यसको उद्धार, खोजी, राहत, उपचार, पुनस्थापना गर्ने कुरामा सरकार मौन छ । सरकारसँग जवाफदेहिता छैन। चौतर्फी गम्भीर मानवीय प्रश्न उठेका छन । जनता नै सरकारको विकल्पको पक्षमाा छन् ।’

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ४ : ४६ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र