७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, विधान मस्यौदा अनुमोदन गर्ने



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आज केन्द्रीय समितिको बैठक बस्दैँछ । भोलिदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विद्यान अधिवेशनमा प्रस्तुत हुने विधान मस्यौदालाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो ।

बैठकले केन्द्रीय समितिबाट मस्यौदा विद्यान पारित गरेपछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ । भोलिको बैठकमा केन्द्रीय समितिका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला समिति, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन ।

यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।

विधान अधिवेशनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विद्यान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ०२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज