१ पुस २०८२, मंगलबार | December 16, 2025

बुहारीको कुटपिटबाट सासुको मृत्यु



काठमाडौं । बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार यसरी पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेकी छिन । प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भए पछि उनलाइ पक्राउ गरिएको हो । घरायसी विवादमा बुहारीले सासुलाइ कुटपिट गरेको र मृतक सासुको घाँटीमा नीलडाम देखिएको अनुसन्धानमा खुलेको छ ।

मृतकका भाई गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिए पछि बुहारी बिष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । पक्राउ परेकी बुहारीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : ३७ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा