९ श्रावण २०८३, शनिबार | July 25, 2026

जसपाको विधान अधिवेशन आजबाट



काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा)को विधान अधिवेशन आजबाट सुरू हुदैँछ ।

आजदेखि सुरु हुने विधान अधिवेसनको अन्तिम तयारी तथा मस्यौदा बिधान अनुमोदनका लागि हिजो केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेपछि आजको विद्यान अधिवेशनमा पेश हुन लागेको हो ।

अधिवेसन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने पार्टीका प्रवक्ता मनिष सुमनले बताएका छन् ।

संघीय परिषद खारेज गरिएको प्रस्तावित बिद्यानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किदै छ ।

आजको बैठकमा केन्द्रीय समितिका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला समिति, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । १२ गते विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको छ ।

पटक पटक सर्दै आएको विधान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : ३७ बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक