२३ चैत्र २०८२, सोमबार | April 6, 2026

थियटरमा सुपरहिट ‘द केरल स्टोरी’ ओटिटी प्लेटफर्म भने विक्री भएन



मुम्बई । सुदीप्तो सेन निर्देशित अदा शर्मा स्टारर फिल्म ‘द केरल स्टोरी’ यो वर्षको ब्लकबस्टर फिल्ममध्ये एक हो । थिएटरको बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि यो फिल्म छिट्टै ओटिटीमा आउनेमा सबै आशावादी थिए । तर बिडम्बना हालसम्म फिल्मले कुनै पनि ओटिटी प्लेटफर्म पाउन सकेको छैन ।

निर्देशक गुप्तोका अनुसार हालसम्म कुनै पनि ओटिटी प्लेटफर्मले फिल्मका लागि सही अफर गरेका छैनन् । ‘हामी एक राम्रो ओटिटी प्लेटफर्मबाट राम्रो व्यापारिक सम्झौताको पर्खाइमा छौं । तर अहिलेसम्म हामीले विचार गर्न लायक कुनै पनि अफर आएको छैन । यस्तो लाग्छ कि फिल्म उद्योग हामीलाई दण्डित गर्न एकजुट भएका छन्’, निर्देशक गुप्तोले भने ।

उनको बुझाईमा फिल्मले बक्सअफिसमा पाएको सफलताले कैयौं वर्गलाई हैरान बनाएको छ । त्यसकारण पनि मनोरञ्जन उद्योगका एक वर्ग उनीहरुको सफलतालाई सजाय दिन एकजुट भएको उनको दाबी छ । तर डिजिटल प्लेटफर्महरुले भने राजनीतिक रुपले कुनै पनि विवादास्पद बस्तुलाई अगाडि बढ्न नचाहेको बताएका छन् ।

‘केरल स्टोरीले बक्सअफिसमा राम्रो प्रदर्शन गर्यो । यद्यपि फिल्मको विषयवस्तु केही यस्तो छ, जुन दर्शकको एक निश्चित वर्गमा जबरजस्ती आक्रोश पैदा गर्न सक्छ । यो तथ्यलाई हेर्दै कुनै पनि प्रमुख ओटिटी प्लेयर फिल्म लिन तयार छैनन्’, एक प्रमुख ओटिटी प्लेटफर्मका बजार व्यवस्थापकले भनेका छन् । ती व्यवस्थापकको बुझाईमा ओटिटी प्लेफर्मले अधिक बुद्धिमान, विचारोत्तेजक र मनोरञ्जक विषयमा ध्यान केन्द्रीत गरिरहेको छ । यो अवस्थामा द केरल स्टोरी जस्तो शैलीका कथा प्लेटफर्ममा फिट हुँदैनन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : १९ बजे

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का

प्रतिनिधिसभा बैठकअघि सर्वदलीय छलफल, नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक बस्नुअघि सर्वदलीय बैठक सेको