१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

रुपन्देहीमा शसस्त्र प्रहरीको चेकजाँचमा भेटियो सुनको ईट्टा !



बुटवल । रुपन्देहीको नेपाल भारत सीमानाकामा शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन जस्तै (सुनको ईट्टा) वस्तु फेला परेको छ । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका १३ कालिदह नाकाहुँदै नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले सुन जस्तो देखिने (सुनको इट्टा) फेला पारेको हो ।

सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही मातहत रहेको बिओपी बयरघाटले शनिबार राती साढे ९ बजेको समयमा कारमा राखेर सीमानाका पार गर्दै गरेको अवस्थामा सो वस्तु फेला पारेको शसस्त्र प्रहरीले जनाएको छ । बा.१२ च.३८२० नम्बरको को मारुती सुजुकी कारमा राखेर भारत लैजाँदै गर्दा इट्टा आकारको २ थान सुन जस्तो देखिने पदार्थ बरामद गरेको शसस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका शसस्त्र प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।

उनका अनुसार गोप्य सूचनाका आधारमा चेकजाँचका क्रममा फेला परेको सो सामान भैरहवा भन्सार कार्यालय बुझाइएको छ । अन्दाजी २ केजी तौल रहेको उक्त बस्तुको मुल्य अन्दाजी करिब २ करोडको रहेको स्रोतको दाबी छ । सम्भवत रुपन्देही नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको यो नै सबैभन्दा ठुलो परिमाणको सुन भएको पनि स्रोतको भनाई छ ।

बरामद भएको वस्तु सुन हो वा होईन ? भन्ने परीक्षण पछिमात्र थाहा हुने बताइएको छ । घटनाका विषयमा शसस्त्र र भन्सारले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ३६ बजे

जनयुद्ध दिवसमा शहीद तथा बेपत्ताका परिवार सम्मानीत

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

महाशिवरात्रिको अवसरमा बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा

पेस्तोलसहित केयुर पुरी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल

देशको नेतृत्व गर्ने अवसर पाए ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने