४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीमा शसस्त्र प्रहरीको चेकजाँचमा भेटियो सुनको ईट्टा !



बुटवल । रुपन्देहीको नेपाल भारत सीमानाकामा शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन जस्तै (सुनको ईट्टा) वस्तु फेला परेको छ । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका १३ कालिदह नाकाहुँदै नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले सुन जस्तो देखिने (सुनको इट्टा) फेला पारेको हो ।

सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही मातहत रहेको बिओपी बयरघाटले शनिबार राती साढे ९ बजेको समयमा कारमा राखेर सीमानाका पार गर्दै गरेको अवस्थामा सो वस्तु फेला पारेको शसस्त्र प्रहरीले जनाएको छ । बा.१२ च.३८२० नम्बरको को मारुती सुजुकी कारमा राखेर भारत लैजाँदै गर्दा इट्टा आकारको २ थान सुन जस्तो देखिने पदार्थ बरामद गरेको शसस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका शसस्त्र प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।

उनका अनुसार गोप्य सूचनाका आधारमा चेकजाँचका क्रममा फेला परेको सो सामान भैरहवा भन्सार कार्यालय बुझाइएको छ । अन्दाजी २ केजी तौल रहेको उक्त बस्तुको मुल्य अन्दाजी करिब २ करोडको रहेको स्रोतको दाबी छ । सम्भवत रुपन्देही नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको यो नै सबैभन्दा ठुलो परिमाणको सुन भएको पनि स्रोतको भनाई छ ।

बरामद भएको वस्तु सुन हो वा होईन ? भन्ने परीक्षण पछिमात्र थाहा हुने बताइएको छ । घटनाका विषयमा शसस्त्र र भन्सारले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको