६ पुस २०८२, आइतबार | December 21, 2025

भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु



नयाँ दिल्ली। भारतको ओडिशास्थित गञ्जममा दुईवटा बस एकापसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ । मृतकहरु एकै परिवारका सात सदस्य र उनीहरूका आफन्तहरू हुन् ।

घाइते भएका सातजनाको एमकेसीजी मेडिकल कलेज र कटक अस्पतालमा उपचार भइरहेको छ ।

बेरहामपुर–तप्तपानी सडकको दिगापाहाण्डी क्षेत्रमा विवाह भोजमा सहभागी भएर फर्किएका सवार बसले अर्को यात्रुबाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको बेरहामपुरका प्रहरी उपरीक्षक सर्वाना विवेक एमले जानकारी दिए ।

घाइतेहरुको एमकेसीजी मेडिकल कलेज तथा अस्पताल र दिगापहाण्डी अस्पतालमा उपचार भइरहेको उनले बताए । विशेष राहत आयोगले प्रत्येक घाइतेलाई उपचारका लागि ३० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ११ : ३२ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा