९ श्रावण २०८३, शनिबार | July 26, 2026

इमरान खान पक्राउमा सुरक्षा दिन नसकेको भन्दै पाकिस्तानी सेनामा ठूलो कारबाही, लेफ्टिनेन्ट जनरलसहित तीन अधिकारी बर्खास्त



इस्लामबाद । पाकिस्तानी सेनाले एक लेफ्टिनेन्ट जनरल सहित तीन अधिकारीलाई बर्खास्त गरेको छ । इमरान खान पक्राउ प्रकरणमा सुरक्षा दिन नसकेको भन्दै थप तीन मेजर र सात ब्रिगेडियरसहित १५ अधिकृतलाई अनुशासनात्मक कारबाहीसमेत गरेको छ ।

पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि मे ९ मा भएको हिंसात्मक प्रदर्शनका क्रममा सैनिक प्रतिष्ठानहरूको सुरक्षाको जिम्मा ती अधिकारीहरूले लिएको थिए तर तीनले सैन्य भवनको सुरक्षा दिन नसके पछि सेनाले गरेको अनुसन्धानपछि उनीहरु माथी कारबाही गरिएको डन पत्रिकाले उल्लेख गरेको छ ।

इमरान खानको पार्टीका कार्यकर्ताहरूले मे ९ मा लाहोर कोर्प्स कमाण्डर हाउस, मियाँवाली एयरबेस र फैसलाबादको आईएसआई भवन सहित २० भन्दा बढी सैन्य प्रतिष्ठान र सरकारी भवनहरूमा तोडफोड गरेका थिए । रावलपिंडीस्थित आर्मी हेडक्वार्टर ९जीएचक्यू० मा पनि अनियन्त्रित र अराजक भीडले आक्रमण गरेको थियो। जसकाकारण, त्यहाँ रहेका भवन तथा भौतिक पुर्वाधारको संरचनामा क्षति हुन पुगेको थियो ।

सैन्य प्रवक्ता मेजर जनरल अरशद शरीफले भने कि सेनाले सो हिंसाका बारेमा दुई दुई पटक अनुसन्धान गरे पछि सो कारबाही गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : ०६ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको