६ पुस २०८२, आइतबार | December 21, 2025

इमरान खान पक्राउमा सुरक्षा दिन नसकेको भन्दै पाकिस्तानी सेनामा ठूलो कारबाही, लेफ्टिनेन्ट जनरलसहित तीन अधिकारी बर्खास्त



इस्लामबाद । पाकिस्तानी सेनाले एक लेफ्टिनेन्ट जनरल सहित तीन अधिकारीलाई बर्खास्त गरेको छ । इमरान खान पक्राउ प्रकरणमा सुरक्षा दिन नसकेको भन्दै थप तीन मेजर र सात ब्रिगेडियरसहित १५ अधिकृतलाई अनुशासनात्मक कारबाहीसमेत गरेको छ ।

पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि मे ९ मा भएको हिंसात्मक प्रदर्शनका क्रममा सैनिक प्रतिष्ठानहरूको सुरक्षाको जिम्मा ती अधिकारीहरूले लिएको थिए तर तीनले सैन्य भवनको सुरक्षा दिन नसके पछि सेनाले गरेको अनुसन्धानपछि उनीहरु माथी कारबाही गरिएको डन पत्रिकाले उल्लेख गरेको छ ।

इमरान खानको पार्टीका कार्यकर्ताहरूले मे ९ मा लाहोर कोर्प्स कमाण्डर हाउस, मियाँवाली एयरबेस र फैसलाबादको आईएसआई भवन सहित २० भन्दा बढी सैन्य प्रतिष्ठान र सरकारी भवनहरूमा तोडफोड गरेका थिए । रावलपिंडीस्थित आर्मी हेडक्वार्टर ९जीएचक्यू० मा पनि अनियन्त्रित र अराजक भीडले आक्रमण गरेको थियो। जसकाकारण, त्यहाँ रहेका भवन तथा भौतिक पुर्वाधारको संरचनामा क्षति हुन पुगेको थियो ।

सैन्य प्रवक्ता मेजर जनरल अरशद शरीफले भने कि सेनाले सो हिंसाका बारेमा दुई दुई पटक अनुसन्धान गरे पछि सो कारबाही गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : ०६ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा