६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवलको बेलबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, मृतकको अहिलेसम्म परिचय खुल्न सकेन



बुटवल । सोमबार राती रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-१२ बेलबास शान्तिचोकमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बुटवल-१२ शान्तिचोकस्थित बाटो काट्दै गरेको लु २९ प ८६८३ नम्बरको स्कुटरलाई पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा एक युवाको मृत्यु भएको हो ।

राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार सुर्खेतबाट विरगञ्जका लागि छुटेको प्रदेश-३-००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी २८ वर्षीय युवाको ज्यान गएको हो । मृतकको अहिलेसम्म परिचय खुलेको छैन भने शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : २१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा