३० चैत्र २०८२, सोमबार | April 13, 2026

शिव शिखरका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ



काठमाडौं । सर्वसाधारणको अरबौं रुपैयाँ हिनामिना गरेर फरार रहेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको सीआईबीको टोलीले उनलाई भारतबाट पक्राउ गरेको हो ।

मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएका केदारनाथलाई सीआईबीले मुम्बईबाट पक्राउ गरि नेपाल ल्याएको सीआईबीका एक अधिकृतले बताए । भारतका बिभिन्न शहरमा स्थान परिवर्तन गर्दै लुकिछिपी बस्दै आएको लोकेशन पाएको सीआईबीको टोलीले भारतमा उनको खोजीलाई तिब्र पारेको थियो ।

उनकी श्रीमती गितालाई भने प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

केदारनाथमाथि सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएको भनी निक्षेपकर्ताले स्थानीय प्रशासन सहित सीआईबीमा पनि जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो ।

अध्यक्ष शर्मा बाँके कोहलपुरका निवासी हुन् । शर्मा दम्पतीले संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए । केदारनाथ विराटनगरको तुलसी सहकारीका पनि पूर्वअध्यक्ष हुन् । उनी लामो समयसम्म दुई सहकारीको अध्यक्ष थिए । तुलसी सहकारीका सञ्चालकविरुद्ध ५० करोड हिनामिनाको अभियोगमा गत चैतमा प्रहरीले मुद्दा दायर गरिसकेको छ ।

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ९ : ०९ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका