३ पुस २०८२, बिहिबार | December 19, 2025

शिव शिखरका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ



काठमाडौं । सर्वसाधारणको अरबौं रुपैयाँ हिनामिना गरेर फरार रहेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको सीआईबीको टोलीले उनलाई भारतबाट पक्राउ गरेको हो ।

मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएका केदारनाथलाई सीआईबीले मुम्बईबाट पक्राउ गरि नेपाल ल्याएको सीआईबीका एक अधिकृतले बताए । भारतका बिभिन्न शहरमा स्थान परिवर्तन गर्दै लुकिछिपी बस्दै आएको लोकेशन पाएको सीआईबीको टोलीले भारतमा उनको खोजीलाई तिब्र पारेको थियो ।

उनकी श्रीमती गितालाई भने प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

केदारनाथमाथि सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएको भनी निक्षेपकर्ताले स्थानीय प्रशासन सहित सीआईबीमा पनि जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो ।

अध्यक्ष शर्मा बाँके कोहलपुरका निवासी हुन् । शर्मा दम्पतीले संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए । केदारनाथ विराटनगरको तुलसी सहकारीका पनि पूर्वअध्यक्ष हुन् । उनी लामो समयसम्म दुई सहकारीको अध्यक्ष थिए । तुलसी सहकारीका सञ्चालकविरुद्ध ५० करोड हिनामिनाको अभियोगमा गत चैतमा प्रहरीले मुद्दा दायर गरिसकेको छ ।

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ९ : ०९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको