२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

रोटरी क्लब अफ सैनामैनाद्वारा हात खुट्टा नभएका पाँच जनालाई कृतिम हात खुट्टा प्रदान



बुटवल । स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नाराका साथ स्थापित सैनामैना नगरपालिकामा रहेको रोटरी क्लब अफ सैनामैनाले हात खुट्टा नभएका पाँच जनालाई कृतिम हात खुट्टा प्रदान गर्नुका साथै केही नगद रकम पनि सहयोग गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि सैनामैना नगरपालिका नगर प्रमुख एवम रोटरी क्लब अफ सैनामैनाका मानार्थ सदस्य फणेन्द्र प्रसाद शर्माले मानविय कार्यका लागि रोटरी क्लब अफ सैनामैना अरु क्लब भन्दा अगाडि रहेको बताए । हामी मानिस भएर यस पृथ्वीमा जन्म लिइसकेपछि मानवीय कार्यका लागि अरुलाई सहयोग गर्नु भन्ने कुरा पनि व्यक्त गरे । साथै आफ्नो जीवन त सबै मानिस, चरा मुसाले पनि पालेको हुन्छ त्यसैले अरुलाई सहयोग गरेर अगाडि बढ्यो भने मात्र मानवीय जीवन उत्तम सँगै मानव भएर पृथ्वीमा जन्मेको सार्थक हुने समेत कुरा व्यक्त गरे ।

कार्यक्रमका ‌बिशिष्ट अतिथि रहेका रोटरी इन्टरनेशनल डिस्टिक ३२९२ का इनकमिङ एजि कृष्ण शर्मा पवनले ५ जना ब्यक्तिलाई नयाँ अवसर मिलेको छ तपाईहरुलाई केहि नि भएको छैन भन्ने ठानेर अगाडि बढन अनुरोध गर्दै तपाईहरु भन्दा नि सबै कुरा भएर नि अपाङ्ग भएका ब्यक्ति समाज रहेको बताउदै उज्जल को कामना समेत गरे ।

रोटरी क्लब अफ सैनामैनाका पूर्व अध्यक्ष दुर्गा गौतमले हिजोका दिनमा भन्दा पनि आजका दिनमा यस क्लवले पृथक ढङ्गबाट मानवीय कार्यका लागि विशेष प्राथमिकता दिएर अगाडि बढेकोमा यसलाई निरन्तरता दिई राख्नु पर्छ र साथै आज सहयोग प्राप्त गर्ने व्यक्तित्वहरूको पनि जीवनको उज्ज्वल रहोस् भन्ने शुभकामना दिएका थिए ।

रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष कृष्ण कुवरको अध्यक्षता, अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष उमाकान्त अधिकारीको स्वागत र कार्यक्रममा संचालन क्लवका सचिव भिम सुबेदी गरे । क्लबका इनकमिङ अध्यक्ष धर्म न्यौपानेले कार्यक्रममा पाल्नु हुने सबैलाई धन्यवाद दिँदै आगामी आफ्नो कार्यकालमा पनि यी र यस्तै उत्कृष्ट कार्यालय निरन्तरता दिने समेत प्रतिवद्धता जाहेर गरे ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : ५५ बजे

लुम्बिनी विश्वकै साझा धरोहर हो : पर्यटनमन्त्री पौडेल

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका