१ असार २०८३, सोमबार | June 15, 2026

अनुगमनका नाममा व्यवसायीहरुलाई अनावश्यक दु:ख दिने काम भयो : रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस संघ



बुटवल । अनुगमनका नाममा व्यवसायीहरुलाई तर्साउने काम गरिएको भन्दै रुपन्देही मिष्ठान्न क्याटरिङ व्यवसायी तथा पार्टी प्यालेस संघले आपत्ती जनाएको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले बुटवल उपमहानगरपालिकाले गरेको अनुगमन प्रति ध्यानार्कषण भएको बताएको हो ।

असार ६ गते बुटवलको तीनकुनेमा रहेको मनकामना डेरि तथा मिष्ठान्न भण्डारमा उपमहानगरपालिकाले अनुगमन गरेर ल्याव टेष्ट बिना नै अखाद्य भनेर अनावश्यक प्रचारबाजी गरि ब्यबसायीलाइ बदनामी बनाइएको उल्लेख गरे । संघले बिहानै व्यवसायीले पसल खोल्ने समयमा उपमहानगरपालिकाको अनुगमन टोली आएको र अनुगमन गर्दा विना उपकरण र चेकजांच विनानै अनुगमन गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

संघका अध्यक्ष लक्ष्मण पोखरेलले ल्याव टेष्ट विनै अनुगमनमा आएकाहरुले मनलाग्दी शैलीले अनुगमन गर्दा व्यवसायीमा त्रास बढेको भन्दै अखाद्य बस्तु भेटिएको प्रचार गरिएपनि त्यसको पुष्टि अनुगमन समितिले नगरेको बताए ।

अखाद्य भनेर प्रमाण विनै खाद्य सामाग्रीहरु पसल अगाडि नष्ट गरेको भन्दै अध्यक्ष पोखरेलले व्यवसायीलाई अनावश्यक दवाव र तनाव दिने काम गर्न उपमहानगरपालिकालाई आग्रह गरे ।

आफुहरु सधै अनुगमनको पक्षमा रहेको बताउंदै कुनै पनि व्यवसायीलाई व्यक्तिगत रिसिवी जस्तै ठानेर आधार र प्रमाणविना अनुगमन गर्न नपाईने उनले बताए । मनकामना दुध डेरि तथा मिष्ठान्न भण्डारका सञ्चालक तिलकराम खरेलले अनुगमनमा आएको टोलीसंग कुनै पनि उपकरण नभएको र मनोमानी ढंगले फ्रिज खोलेर सामान बरामद गरि नष्ट गरेको बताए ।

उनले ल्याव टेष्ट बिना नै उपमहानगरपालिकालको अनुगमन टोलीले अखाद्य भनि प्रचारबाजी गरेको भन्दै यसबाट ठुलो आर्थिक क्षती पुगेको र क्षर्तिपूर्तिको माग समेत गरे । रुपन्देहीमा आर्थिक मन्दीका कारण ब्यबसायी धराशायी भैरहदा १५० बाट अहिले ११० जनामा झरेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ७ : २५ बजे

अमेरिका-इरान शान्ति सम्झौताको प्रभावः कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता

अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा

लुम्बिनी । विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर

अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौं । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी

कुरासाओमाथि जर्मनीको ७-१ को शानदार जित, विश्वकपमा सुखद सुरुआत

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको

कमदाको अन्तिम समयको गोलमा जापानले नेदरल्यान्ड्ससँग बराबरी खेल्यो

काठमाडौं । खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले