६ पुस २०८२, आइतबार | December 21, 2025

महिला दर्शनार्थीलाई यौन दुर्व्यबहार गर्ने भैरवस्थानका पुजारी निलम्बित



बुटवल । पाल्पाको भैरवस्थानमा पुजा अर्चना गर्न आउने महिला दर्शनार्थीलाई यौन दुर्ब्यवहार गरेको पुष्टी भएसँगै मन्दिरका पुजारीलाई निलम्बन गरिएको छ ।

पुजा गर्न आएका महिला दर्शनार्थीलाई प्रसादी दिने बहानामा महिला यौनजन्य दुर्व्यवहार गर्ने पाल्पाको भैरवस्थान मन्दिरका मुख्य पुजारी जीतनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको हो ।

पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरका मुख्य पुजारी योगीलाई मन्दिर व्यवस्थापन समितिले बिहीबार निलम्बन गरेको समितिले जनाएको छ ।

योगीले मन्दिर दर्शनको लागि जाने महिला दर्शनार्थीहरूलाई प्रसादी दिने बहानामा उनीहरूको संवेदनशील अंगमा छुने गरेको दर्शनार्थीहरुले उजुरी गरेपछि सोही आधारमा पुजारीलाई निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर पोखरेले बताए ।

योगीले महिला दर्शनार्थीहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको गुनासो आएपछि समितिको आकस्मिक बैठकले उनलाई मुख्य पुजारीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको उनले बताए ।

योगी २०५९ देखि भैरवस्थान मन्दिरमा मुख्य पुजारीको रूपमा काम गर्दै आएका थिए ।

 

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ६ : ३५ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या