२३ भदौ २०८३, मंगलबार | September 8, 2026

२ अर्व लगानीमा भैरहवामा खुल्यो पाँचतारे होटल ‘सिद्धार्थ विलासा’



बुटवल । देशैभर चेन होटल संचालन गर्दै आएको सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटिले भैरहवामा तयार भएको पाँच तारे होटल ‘सिद्धार्थ विलासा’ औपचारिक रुपमा सन्चालनमा ल्याएको छ । बिहिबार होटलमा पत्रकार सम्मेल आयोजना गर्दै सिद्धार्थ ग्रुपले होटल संचालनमा आएको जानकारी गराएको हो ।

५ तारे स्वीकृत पाएको सिद्धार्थ भिलासा होटल लगभग ४ बिघा क्षेत्रफलमा फैलिएको र होटलमा एक्ज्युकेटिभ स्विट, स्विट र प्रेसिडेन्सियल स्विट गरी चार स्तरमा वर्गीकरण गरिएको ग्रुपले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ग्रुपका अध्यक्ष चिन्तामणी न्यौपाने (लक्ष्मण)ले होटलमा करिब साढे २ अर्व लगानी रहेको र ३ सय कर्मचारीले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने बताए । उनले होटल औपचारिक रुपमा बिहिबार देखि सन्चालनमा आए पनि उदघाटन भने असोज महिनामा मात्रै गरिने जानकारी दिए । ।

अध्यक्ष न्यौपानेका अनुसार होटलमा ८५ कोठा, लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेण्ट तथा स्विमिङ पुल, फिटनेस, जिन स्पा, साउना र ज्याकुजी सहितको हेल्थ क्लब सेवा, लंग टेनीस कोर्ट, गार्डेन, रहेको छ । होटलमा नेपालकै ठूला सभाहल, ३ वटा सेमिनार हल र एउटा मिटिङ रुमका साथै क्यासिनोको समेत होटलमा सुविधा रहेको छ ।

‘गौतम बुद्धको जन्म तथा हालै मात्र संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको यस अत्याधुनिक तथा सुविधा सम्पन्न होटलको नियमित सेवा संचालनमा आउँदा, स्वदेशी तथा विदेशी अतिथिहरुको सेवाले सिङ्गो देशकै पर्यटन तथा आतिथ्यसेवामा टेवा पुयाउन सक्ने विश हामीले लिएका छौं ।’– अध्यक्ष न्यौपानेले भने ।

२५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामिणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा पाँचतारे होटलसम्म आइपुगेको हो ।

यसअघि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको ग्रुपले पहिलो पाँचतारे सुबिधा सहितको होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले व्यवस्थापकीय साझेदारी तथा आफ्नै एकल लगानी गरी होटल, रेस्टुरेण्ट, रिसोर्ट, क्याफे, होटल म्यानेजमेन्ट, हस्पिटालिटी इन्स्टिच्युट, ट्रेडिङ्ग, कृषि उत्पादन, आइटी सेवा लगायतमा काम गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ११ : ०३ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज