१६ भदौ २०८३, मंगलबार | September 1, 2026

चोरीका घटना बढेपछि बर्दिबासका व्यापारी आक्रोशित 



महोत्तरी । महोत्तरीको बर्दिबासमा श्रृंखलाबद्ध चोरी हुन थालेपछि सुरक्षा निकायसहित सरोकारवालाको कडा आलोचना हुन थालेको छ । उद्योग वाणिज्य संघ बर्दिबासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले शान्ति सुरक्षा कायम राख्न स्थानिय सरकार र प्रहरी प्रशासनको भूमिका कमजोर रहेको भन्दै आलोचना गरेका हुनन् ।

पछिल्लो समय औद्योगिक सहरको रुपमा विकास हुँदै गएको बर्दिबासमा चोरीका घटनाहरु वृद्धि हुनुले व्यापारीहरु समेत आतंकित बनेका छन् ।उद्योग बाणिज्य संघ बर्दिबासले अपराध न्यूनीकरण गर्ने उद्देश्यले सीसीटिभी जडान गर्न तयार रहेको जनाएको छ । ‘हामी सीसीटिभी जडान गर्न तयार छौँ ।  तर स्थानीय सरकार आफै अग्रसर भएर काम गर्ने बताए पनि ढिला भइइरहेको छ,’ संघका अध्यक्ष अध्यक्ष बिष्णु खडकाले भने ।

मुख्य चोक र गल्लीहरुमा सीसीटिभी जडान नहुनु र सुरक्षा निकायको तदारुकता नदेखिनुले अपराधी गतिविधिहरुले थप प्रश्रय पाएको व्यापारीहरुको आरोप छ । शान्ति सुरक्षाको कायम गर्ने विषयमा स्थानीय सरकारको कमजोर व्यवस्थापन स्पष्ट भएको व्यापारी बिनोद भण्डारीले बताए ।  ‘उद्योग वाणिज्य संघले समेत व्यापारको लागि स्वीकृति दिने क्रममा सुरक्षासम्बन्धी मापदण्डमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘संघले ब्यापारीहरु कति सुरक्षित छन् भन्ने विषयमा नियम बनाओस् ।’

सुरक्षा जस्तो संवेदनशील विषयलाई नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बेवास्ता गरेको आरोप लगाउँदै नेकपा एमालेका नगर सचिव निरज अधिकारीले स्थानीय सरकारले नगरभित्र अभिभावकत्व ग्रहण नसकेको बताए । घरभित्रै राखेका सामान तथा मोटरसाइकल तथा पछिल्लो ३ महिनामा १० वटाभन्दा बढी पसलका सटर फोरेर चोरी भएका छन् । ३ दिनअघि मात्र लाखौ मूल्य बराबरको दुइवटा सुन पसल चोरी भएको थियो ।

यता प्रहरिले भने अपराध न्यूनीकरणको लागी सक्रिय बनिरहेको दाबी गरेको छ । प्रहरी नायव उपरीक्षक तथा बर्दिबास इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले अपराध न्यूनीकरणको लागि सुरक्षाकर्मी नया ढंगले खटिएको जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ४ : ५० बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त