१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

तामनगर सामुदायिक सिकाई केन्द्रले राष्ट्रिय धान दिवस मनायो



बुटवल । असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा बुटवल-१२ तामनगरमा रहेको तामनगर सामुदायिक सिकाई केन्द्रको अयोजनामा शुक्रबार रोपाई महोत्सव सम्पन्न भएको छ । बाजागाजा र नाचगानसहित आयोजित रोपाई कार्यक्रममा दहीचिउरा खाएर एक-आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रा देवी अर्यालले किसानको समस्या समाधानका लागि नगरपालिकाले विशेष योजना बनाएर लागिरहेको बताइन । उपमहानगरले बाझो जमिन नराख्ने नीति लिएको बताउँदै उनले यदी कसैले खेती गर्न चाहँदैन भनेपनि खेति गर्न नसक्ने व्यक्ति आफ्ना छिमेकी कृषकलाई खेतिका लागि जमिन उपलब्ध गराउन समेत आग्रह गरिन् ।

बाझो जमिन नराख्ने योजना अनुसार यदी कसैले आफ्नो जमिन खेती नगरी राखेको अवस्थामा उनीहरुलाई थप कर असुली गर्ने तयारी भएको जानकारी गराइन् । सबै नागरिकले उत्पादनमा लाग्न सकेमा आयात घटेर आर्थिक समृद्धिमा टेवा पुग्ने उल्लेख गरिन् ।

तामनगर सिकाई केन्द्रका अध्यक्ष गिरीराज कुँवर, बुटवल १२ का अध्यक्ष डिल्लीराज शर्मा लगायतले बोल्दै कार्यक्रममा कृषि उत्पादनका लागि राज्यले प्रयाप्त मलखाद, बिउविजन तथा कृषि प्रविधिको व्यवस्था गर्नुपर्नेमा जोड दिए । यसैगरी उत्पादन भएका वस्तुको उजित बजार प्रवन्धन गर्नुपर्नेमा समेत उनीहरुको जोड थियो ।

कार्यक्रममा जनप्रतिनिधिहरु रिना भुसाल, गंगा विक, गंगादत्त पौडेल, विष्णु थापा, हाम्रो देउराली कृषि सहकारीका अध्यक्ष हरिहर उपाध्याय, सतगढी कृषि सहकारीका हेमराज शर्मा, नयाँगाउँ खानेपानी तथा सरसफाई संस्थाका रमा केसी, तामनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका जितबहादुर राहादी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ५ : १६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले