११ श्रावण २०८३, सोमबार | July 27, 2026

नारायणगढ-मुग्लिन सडक पुनःअवरुद्ध



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

आज बिहान ११ः३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो । पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १ : ५९ बजे

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक