२३ भदौ २०८३, मंगलबार | September 8, 2026

हिरासतबाट भागेका भगौडा थुनुवा प्रहरी नियन्त्रणमा



बर्दिया । बर्दियामा इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार भएका दुई जना शनिबार बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका छन् ।

शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली फरक फरक समयमा पक्राउ परेका हुन् । ज्यान मार्ने उद्योगमा यही असार ८ गते पक्राउ परेका मधुवन नगरपालिका वडा नम्बर ५ का अजय नेपाली र राजा नेपाली शुक्रबार विहान ६ः१० बजे हिरासतबाट भागेका थिए ।

फरार रहेका अजयलाई शुक्रबार दिउंसो १२ः५० बजे मधुवन-५ कै बेलझुण्डी सामुदायिक वनबाट पक्राउ गरिएको थियो भने राजालाई शनिबार (आज) बिहान ८ः४० बजे सोही स्थानको डांडे सामुदायिक वनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रबक्ता हिक्मत बोहराले जानकारी दिए ।

प्रहरकिा अनुसार अघिल्लो राती बत्ती गएकाले खाना बाहिरा निकाल्ने बेलामा डिउंटीमा रहेका प्रहरीले चांबीको झुप्पा नजिकै राखेको मौका पारेर अजय र राजाले एउटा चांबी निकालेका थिए । झुप्पाबाट एउटा चांबी निकालेको डिउंटीमा रहेका प्रहरी थाहा नपाउंदा उनीहरु बिहान भागेका थिए ।

बर्दिया प्रहरीले घटनाको छानबिन गर्न प्रबक्ता डीएसपी बोहराको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिका प्रतिबेदनका आधारमा थुनुवा भामगेको प्रकरणमा कारवाही हुने जनाइएको छ ।

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ५ : ५० बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास