११ श्रावण २०८३, सोमबार | July 27, 2026

झन्डै पाँच घण्टापछि नारायणगढ-मुग्लिन सडक सञ्चालन



चितवन । झन्डै पाँच घण्टापछि नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

अस्ति बिहीवार दिउँसो पहिरो झरेपछि सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । बिहीवार दिउँसोपछि हिजो बेलुका ५ बजेमात्रै खुलेको सडक आज बिहान सवा ३ बजे पहिरो झरेपछि पुनस् बन्द भएको थियो । त्यसलाई पन्छाएर सडक सञ्चालनमा ल्याएको केहीबेरमै पुनः पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।

सडक सञ्चालनमा आए पनि पहिरो झर्ने क्रम कायमै रहेकाले सावधानीपूवर्क गाडी चलाउन सडक डिभिजन भरतपुरले आग्रह गरेको छ । सडक बन्द हुने र खुल्ने क्रम चल्दा धेरै गाडी लाइनमा रहेकाले सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक कार्यालय भरतपुरले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ५ : ४८ बजे

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक