२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

तिलोत्तमा नगरपालिकाको पौने ३ अर्बको बजेट नगरसभाबाट सर्बसम्मतिले पारित



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०८०/८१ का लागि रु २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट शनिबार सम्पन्न नगरसभाबाट सर्बसम्मतिले पारित गरेको छ ।

नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख रामकृष्ण खाणले गत असार ७ गते बिहिबार बजेट नीति तथा कार्यक्रम पेश गरेका थिए । सो नगरसभा लगत्तै असार ९ गते उपप्रमुख जगेश्वर देवी चौधरीले रु २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट प्रस्तुत गरेकी हुन । असार १६ गते शनिबार सम्पन्न नगरसभाको तेस्रो बैठकले बजेट नीति तथा मार्गदर्शन तथा कार्यक्रम पारित गरेको थियो । सोहीअनुसारको बजेट नगरसभाको तेस्रो बैठकमा पेश भएको हो ।

बजेटमा चालु खर्चतर्फ रु १ अर्ब ६ करोड २४ लाख ५० हजार र पूँजीगततर्फ रु १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार विनियोजन गरिएको छ । आज सम्पन्न नगरसभामा बेरुजु सम्परिक्षण, न्यायिक समितिको प्रतिवेदन, बजेट तथा कार्यक्रम, आर्थिक बिधेयक, बिनियोजन बिधेयकको स्वीकृतिको लागि निर्णयार्थ पेश गरी सो प्रतिबेदन माथि छलफल गरी सर्बसम्मतिले पारित गरिएको छ ।

नगरपालिकाको सभाहलमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता नगरप्रमुख रामकृष्ण खाणले गरेका थिए भने नगर उपप्रमुखले बजेट सम्बन्धी नगरसभा सदस्यले राखेका जिज्ञासाको सहजीकरण गरेकी थिइन् ।

विभिन्न विषयगत समितिका तर्फबाट नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वर देवी चौधरीले न्यायिक समितिको प्रतिवेदन, कार्यपालिका सदस्य राधा शाहीले सुशासन तथा संस्थागत विकास समितिको प्रतिवेदन र फर्सुराम गिरिले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ३१ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ