११ श्रावण २०८३, सोमबार | July 27, 2026

नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध



मुग्लिन । नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताए ।

सोही स्थानमा गत बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ४८ बजे

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको