१९ माघ २०८२, सोमबार | February 2, 2026

समयमै विधेयक ल्याउन नसकेकोमा सरकारले माग्यो माफी



काठमाडौं । सरकारले विधेयक ढिलोगरी प्रतिनिधिसभामा पेस गरिएकोप्रति माफी मागेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत २० वैशाखमा अध्यादेश जारी गरेको अध्यादेशलाई राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० आइतबार प्रतिनिधिसभामा पेस गरिएको छ ।

उक्त विधेयक ढिलोगरी पेस गरिएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले माफी मागेका हुन् ।

आइतबार बसेको पहिलो बैठकमा उक्त विधेयक टेबल गरेर दोस्रो बैठकमा सो विधेयकमाथिसैद्धान्तिक छलफल गराएपछि विधेयकको प्रतिसमेत नपाएको भन्दै सांसदहरुले आपत्ति जनाए । सोही क्रममा उनीले विधेयक छापामार शैलीमा ल्याइएको भन्दै सरकारको आलोचनासमेत गरे ।

यसपछि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिन रोस्ट्रममा पुगेका कानुनमन्त्री धनराज गुरूङले विधेयक पेस गर्न ढिला भएकोमा माफी मागेका हुन् ।

‘समयमै संसदमा विधेयक प्रस्तुत हुन नसकेकाले नेपाल सरकारको तर्फबाट माफी माग्नुपर्छ । तँ माफी माग भनेर धनराज गुरुङलाई भनिरहनु पर्दैन । किनभने म त्यस्तो अंहकारी हैन । कानुनमन्त्रीको जिम्मेवारी पाएको छु । तर, अहंकार चढेको छैन,’ उनले भने ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : ०९ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका