४ चैत्र २०८२, बुधबार | March 19, 2026

कला, साहित्य र खेलकुदलाई विशेष प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कला, साहित्य र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताएका छन । कला, साहित्य र खेलकुद क्षेत्रमार्फत आर्थिक सामािजक रुपान्तरणलाई दिगो बनाउने उद्देश्यका साथ पहल थालिएको उहाँले उल्लेख गरे ।

‘प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुल्ला महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा समेत यस क्षेत्रलाई प्राथमिकता राखेको र यस पटक पनि उत्तिकै महत्व दिएको बताए । खेल क्षेत्रलाई प्रभावकारी बनाउन र अगाडि बढाउन सरकारको तर्फबाट शतप्रतिशत प्रयास रहने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

पछिल्ला दिनमा क्रिकेट खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्राप्त गरेको सफलताको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बक्सिङलाई पनि विश्वव्यापी रुपमा अगाडि बढाउन जरुरी रहेको बताए । उनले युवाको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला-साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएको स्पष्ट पारे । खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाको भविष्यसँग जोडिएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, “यसपटक मैले कला-साहित्य र खेलकुदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु । खेलकुदको विकासले युवाको शारीरिक र मानसिक विकास मात्र गर्दैन, यसको बहुआयमिक महत्व छ । सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रबद्र्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ ।” प्रतियोगिताबाट खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

‘स्व प्रकाश दाहालको स्मरणलाई ताजा राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । सो प्रतियोगिता बूढानीलकण्ठ नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र नेपाल बक्सिङ सङ्घले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रतियोगिता चार दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : ५० बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन