२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

बुटवलको अक्सफोर्ड माविमा उच्च शिक्षाका लागि बढ्दै विद्यार्थीको आकर्षण



बुटवल । केही दिनमा एसईईको परीक्षा फल प्रकाशित हुँदैछ । तर, एसईई नतिजा प्रकाशन नहुँदै विद्यार्थी भने आगामी शैक्षिक यात्राका लागि उपयुक्त शैक्षिक गन्तव्यको खोजिमा लागिसकेका छन् ।

यसै बीच बुटवलको अक्सफोर्ड मावि पनि पछिल्लो केही दिनयता यहाँ शैक्षिक गतिविधि बारे बुझ्न आउनेको भिड लाग्ने गरेको विद्यालयले जनाएको छ । व्यवस्थापन, शिक्षाशास्त्र तथा विज्ञान संकायमा पढाई हुने यस विद्यालयमा केही वर्ष यता सबै तहमा उत्कृष्ट नतिजा आएसँगै विद्यार्थी पहिलो रोजाई बन्दीले ने गरेको विद्यालयको दाबी छ । एसईईपछि कक्षा ११ र १२ अध्ययनका लागि बुझ्न आउने विद्यार्थी तथा अभिभावकको भिड लागेको छ ।

अक्सफोर्डमा २०७८ काे एसईई परीक्षामा सम्मिलित २ जना विद्यार्थीहरू दिपेश भुसाल र विलक्षण भुसालले ४ जिपिए सहित उत्कृष्ट रिजल्ट ल्याएका थिए । त्यस्तै २०७८ काे कक्षा १२ काे रिजल्टमा पनि मिना खनालले ३.९०, एलिना रायमाझीले ३.८१ जिपिए सहित देशम‌ै उत्कृष्ट रिजल्ट ल्याएका थिए । प्रत्येक बर्ष अक्सफोर्डबाट १२ कक्षा पास गरेका ३०/४० जना विद्यार्थीहरूले MBBS तथा इन्जिनियरिङ्गमा नाम निकाल्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए।

अक्सफोर्ड मावि संस्कार सहितको आफ्नै पाठ्यक्रम निर्माण गरि सिकाउने नेपालकै पहिलो विद्यालय भएको भुसालको दाबी छ । यहाँ विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षा भन्दा पनि ब्यबहारिक शिक्षा सिकाउने, भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न भवन, अनुशासित र पूर्णत शैक्षिक वातावरण, सुविधासम्पन्न कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याब, कलेज बस, पढाई कमजोर भएका विद्यार्थीलाई विशेष कक्षाकाे सुविधा ई लाइबेरी र लाइब्रेरी, विद्यार्थीको चौतर्फी विकासका लागि नियमित अतिरिक्त क्रियाकलाप, विभिन्न खेलकुद तथा प्रविधिकाे प्रयाेगबाट शिक्षण सिकाईकाे साथै संस्कारयुक्त ब्यबहार सिकाई र जीवनाेपयाेगी शिक्षा यहाँको विशेषता रहेको प्राचार्य भुसालले दाबी गरे ।

प्राध्यापक सुमन भुसालका अनुसार गत वर्ष कक्षा ११ सबै संकायमा गरी ९ सय ५० विद्यार्थी भर्ना गरेकोमा अहिले भने थप गुणस्तरकाे लागि ७५० जना मात्र विद्यार्थी भर्ना गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ५७ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ