१५ माघ २०८२, बिहिबार | January 30, 2026

अवधि समुदायमा भौंरी पर्व



खजुरा । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेसी समुदायले भौंरी पर्व मनाएका छन् । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कपिलवस्तुलगायत मधेसी समुदायको बहुल्य भएको स्थानमा यो पर्व मनाउने गरिन्छ ।

मधेसी समुदायका अवधि भाषीहरूले भौंरी पर्व धुमधामसँग मनाएका हुन् । यो पर्व मान्ने समुदायका व्यक्तिले भौंरी पर्वका दिन बिहानै घरको गोठ लिपपोत गर्छन् । भौंरी पकाउन गहुँको पिठो मुछी पूर्णिमा अर्थात पूर्ण गोलो आकारको परिकार बनाउने गर्छन् ।

गोलो आकारको परिकार बनाइसकेपछि गाई गोरुको गोबरबाट बनेको गुइँठा बनाई गाईगोरु बस्ने गोठमै गुइँठाको आगो तयार गरिन्छ । सोही आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ । जसलाई भौंरी भन्ने गरिन्छ ।

अवधि समुदायमा यो पर्वको छुट्टै महत्त्व छ । गाईगोरु नै घरको सम्पत्ति हो भन्ने विश्वासले गोठमै पकाउने परम्परा रहेको छ । यी परिकारहरू विधिवत्रूपले पकाइसकेपछि केराको पातमा राखी अगियार अर्थात् पूजा गर्ने गरिन्छ । सर्वप्रथम आफूलाई कमाइ खुवाउने हलिया गोरुलाई खान दिइन्छ ।

घरमा पालेको गाई गोरुलाई भौंरी खुवाई त्यसपछि आफ्ना घरका अन्य सदस्यले खाने गर्छन् । विशेषगरी दही, भेली र चिनीसँग भौंरी खाने गरिन्छ । आजकै दिनमा मधेसी समुदायमा विवाहित छोरी चेलीहरू माइत जाने र ज्वाइँलाई ससुरालीमा बोलाएर भौंरीसँग मिठो परिकार खुवाउने प्रचलन रहेको नेपालगञ्ज–६ का अवधि अगुवा शिवप्रसाद पाठकले बताए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ४० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला