२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

आयरल्याण्ड विरुद्ध जित निकाल्ने नेपालको योजना



काठमाडौं । नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सुपरसिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौं स्थानका लागि खेल्न लागेका हुन । सो खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुने जनाईएको छ ।

नेपालले टेस्ट राष्ट्रविरुद्ध एक दिवसीय खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि टेस्ट राष्ट्रविरुद्ध भएको दुवै खेलमा नेपाल पराजित हुन पुगेको थियो ।

नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाब्वे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो । आज तेस्रो टोलीसँग खेल्न लागेको नेपालले आफनो जादु देखाउने अपेक्षा गरिएको छ ।

नेपालले आयरल्यान्डविरुद्ध जित निकाल्न सके टेस्ट राष्ट्रविरुद्ध पहिलो जित हुने छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : १२ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब