२५ चैत्र २०८२, बुधबार | April 9, 2026

लुम्बिनी प्रदेशसभाको बैठक चल्दैं गर्दा जेनेरेटरमा आगलागी भएपछि…



बुटवल । जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । विद्युत लाइन गएपछि जेनेरेटर चलाउँदा जेनेरेटरमा आगलागी भएका कारण प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको हो ।

प्रदेशसभाका सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएका कारण १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि जनाउँदै लगातार सदन अवरुद्ध गर्दै सोमबार बजेट पुस्तिका च्यातेर सदन बहिस्कार गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकार बीच मंगलबार सहमति भएपछि बुधबारको बैठक बसेको थियो ।

बैठकलाई संबोधन गर्दै एमाले सांसद तुलसी चौधरीले मुख्यमन्त्री र केही मन्त्रीहरुले आफ्नो जिल्ला र क्षेत्रमा बजेट केन्द्रित गरेको भन्दै आपत्ति प्रकट गरे । त्यसअघि मुख्यमन्त्री डिल्लीकुमार चौधरीले बैठकलाई संबोधन गरेका थिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  २ : ०४ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास