२ पुस २०८२, बुधबार | December 17, 2025

सल्यान दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो



सुर्खेत। सल्यानमा गुडिरहेको बसमा विद्युतको करेन्ट प्रवाह हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गम्भीर घाइते बसधनी सल्यानको छत्रेश्वरी गाउँपालिका-६ लान्तीका ३३ वर्षीय महेन्द्र ओलीको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ओलीको दाङ तुल्सिपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

यसअघि एकै घरका रोल्पा गंगादेब गाउँपालिका-४ का ७२ वर्षीय बालराम डाँगी र उनकै छोरा ४२ वर्षीय टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।

विहिबार बिहान १०:३० बजे राप्ती राजमार्ग अन्र्तगत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभि प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लाछि छेउमा गाडिएको तारमा छोइदा बसमा करेन्ट लागेको थियो । बसमा १९ यात्रु सवार थिए । अन्य भने सकुशल रहेका छन् ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ६ : १३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल