२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रकाश माबि बेनीका समिर सुबेदी एसईईमा नेपाल प्रथम भएको दाबी प्रस्तुत



बेनी । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई) को नतिजामा म्याग्दी जिल्लाको बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले नेपालमै सर्वोकृष्ट नतिजा ल्याएको विद्यालयले दाबी गरेको छ । सुबेदीले प्राप्त गरेको ४ जिपिए अंक नेपाल भरिकै सर्वोकृष्ट भएको विद्यालयले दाबी गरेको हो ।

प्रकाश माबीबाट एसईई दिएका सुबेदीले ल्याएको नतिजा नेपालभरको उत्कृष्ट नतिजा रहेको विद्यालयका प्रधानाध्यावक लेखबहादुर हमालले दाबी गरे । शिक्षा विकास तथा समन्वय इकाइका ईकाई प्रमुख दलबहादुर थापाले यस बर्षको एसईई परीक्षामा म्याग्दीबाट सहभागि विद्यार्थीमध्ये प्रकाश माविका सुवेदीले ४ जिपिए ल्याएर जिल्ला प्रथम भएको जानकारी दिए ।

विद्यालयले दिएको जानकारी अनुसार गत वर्षको एसईइईमा सो विद्यालयबाट सहभागि एक हजार ९०७ जना विद्यार्थीमध्ये ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २१ रहेको छ भने ३.२ देखि ३.६ ग्रेड ल्याउने ६१ जना रहेका छन् । थ्यसैगरि २.८ देखि ३.२ ग्रेड ल्याउने एकसय ७७ जना, २.४ देखि २.८ ग्रेड ल्याउने तीनसय ८१ जना र २.० देखि २.४ ल्याउनेको संख्या पाचँसय ८० रहेको छ ।

१.६ देखि २.० ग्रेड ल्याउने संख्या चार सय ९७ जना रहेका छन् भने १.२ देखि १.६ ग्रेड ल्याउने एकसय ६८ जना रहेका छन् । ०.८ देखि १.२ ल्याउने ३ जना रहेका छन् । ११ जना विद्यार्थी परीक्षामा सहभागी नै नभएको विद्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  १० : ३० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय