८ मंसिर २०८३, मंगलबार | November 24, 2026

धौलागिरि गाउँपालिकामा ९२ प्रतिशत योजना सम्पन्न



म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार निर्माणतर्फ ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको छ ।

धौलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाको योजना शाखाका प्रमुख रमेश पौडेलले पूर्वाधारका एक सय ४५ योजनामध्ये बिहीबारसम्म एक सय ३४ वटाको अन्तिम किस्ता भुक्तानी सकिएको जानकारी दिए । “एक सय ३३ वटा उपभोक्ता समिति र एक वटा ठेक्कामार्फत सञ्चालित योजना सकिएको छ”, उनले भने, “ठेक्कामार्फत कार्यान्वयन भएका र धेरै बजेट भएका केही आयोजनाको प्राविधिक नापजाँच गरेर भौतिक प्रगतिको आधारमा भुक्तानी गर्ने तयारीमा छौँ ।”

लेखा शाखाका प्रमुख तिलक पौडेलले कूल रु ४७ करोड ४१ लाख बजेट विनियोजन भएकामा बिहीबारसम्म रु ३३ करोड ४४ लाख खर्च भइसकेको बताए । “बजेटको आकार ठूलो भएका आयोजनाको भुक्तानी भयो भने खर्चको प्रतिशत अझ बढ्छ”, उनले भने, “बाँकी र प्रक्रियामा रहेका फाइलको भुक्तानी हँदासम्म वित्तीय प्रगति ८० प्रतिशत नाघ्ने अनुमान गरेका छौँ ।”

पूर्वाधार विकास शीर्षकको रु १० करोड १० लाखमध्ये ५८ दशमवल ६४ प्रतिशत अर्थात् रु पाँच करोड ९२ लाख खर्च भएको छ । यातायात पूर्वाधारमा रु चार करोड ४४ लाख विनियोजन भएकामा ६३ दशमलव ७७ प्रतिशत अर्थात् रु दुई करोड ८३ लाख खर्च भएको छ । रु पाँच करोड २३ लाख ८३ हजार सात सय २१ विनियोजन भएको भवन, आवास तथा सहरी विकास शीर्षकको ५४ दशमलव १२ अर्थात् रु दुई करोड ८३ लाख खर्च भएको छ ।

पूर्वाधारतर्फ सडक, पदमार्ग, भवन, झोलुङ्गे पुल, खानेपानी, सडक स्तरोन्नतिलगायतका आयोजना सञ्चालन भएका थिए । प्रमुख प्रशासकीय अधिकृत धु्रव रिजालले दरबन्दीको एक तिहाइमात्र कर्मचारी, भौगोलिक विकटताका बाबजुद जनप्रतिनिधिको समन्वय र समुदायको सक्रियताका कारण योजना कार्यान्वयनमा सहज भएको बताए । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले सीमित जनशक्ति र स्रोतको अधिकतम परिचालन गर्ने नीतिका साथै समयमै योजनाको लागत अनुमान तयार पार्ने, उपभोक्ता समिति गठन, नियमित अनुगमन र समन्वय गरेर आर्थिक वर्षको अन्तमा गरिने असारे विकासको प्रवृत्ति हटाउने प्रयास गरेको बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ११ बजे

Your email address will not be published.

दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि, औपचारिक उद्घाटन मंसिर १६ मा

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय

ताप्लेजुङको ओलाङचुङगोलामा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङमा मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय

नारायणघाट-बुटवल सडकखण्डमा दुबो रोपिँदै

नवलपुर । चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट-बुटवल सडकको बीचमा

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक, द्विपक्षीय सहकार्यमा नयाँ आयाम थपियो : मन्त्री खनाल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौँ । नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास