३ पुस २०८२, बिहिबार | December 18, 2025

लागुऔषधसहित १० जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-९ तुमडाडिबाट अवैध लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्रामय ६७ मिलिग्रामसहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय धिरेन्द्र जोशी र भिमदत्त नगरपालिका-१० जिमुवा बस्ने २३ वर्षीय दिपक जोशी रहेका छन् । ईलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङकाे  रंगेली नगरपालिका-७ स्थित सिद्ध आइसा होटलबाट अवैध लागुऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ७ सय ५० मिलिग्राम र  तराजु १ थानसहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय शेफ खानलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय होटलहरुमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध सोही नगरपालिका-७ भोटेवावु टोलस्थित हंगश प्वाईन्ट होटलका संचालक २८ वर्षीय दिपेश अग्रवालबाट खरिद गरी ल्याएको खुल्न आएकोले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागुऔषध खैरो हिरोईन ८ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-२  बस्ने २७ वर्षीय रोहित बुढा थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीकै धनगढी उपमहानगपालिका-३ ब्यारेल नजिकबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोदाबरी नगरपालिका-७ बस्ने २८ वर्षीय विनोद पुन मगर र सोही नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

कैलालीकै गोदावरी नगरपालिका-१ धनगढीस्थित सार्थक होटलबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ सय ५० मिलीग्रामसहित सोही नगरपालिका-५ गेटा बस्ने २८ वर्षीय दिपेन्द्र अवस्थीलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागुऔषध गाँजा १ केजी ३ सय २८ ग्राम नुवाकोट मेघाङ गाउँपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले नुवाकोटदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४२१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

उदयपुरकाे त्रियुगा नगरपालिका-३ मिलन चोक बस्ने ४२ वर्षीय किशोर चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १० ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लुकाई छुपाई ब्राउनसुगर बिक्री गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  २ : ०८ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,