१९ माघ २०८२, सोमबार | February 2, 2026

लागुऔषधसहित १० जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-९ तुमडाडिबाट अवैध लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्रामय ६७ मिलिग्रामसहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय धिरेन्द्र जोशी र भिमदत्त नगरपालिका-१० जिमुवा बस्ने २३ वर्षीय दिपक जोशी रहेका छन् । ईलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङकाे  रंगेली नगरपालिका-७ स्थित सिद्ध आइसा होटलबाट अवैध लागुऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ७ सय ५० मिलिग्राम र  तराजु १ थानसहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय शेफ खानलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय होटलहरुमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध सोही नगरपालिका-७ भोटेवावु टोलस्थित हंगश प्वाईन्ट होटलका संचालक २८ वर्षीय दिपेश अग्रवालबाट खरिद गरी ल्याएको खुल्न आएकोले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागुऔषध खैरो हिरोईन ८ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-२  बस्ने २७ वर्षीय रोहित बुढा थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीकै धनगढी उपमहानगपालिका-३ ब्यारेल नजिकबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोदाबरी नगरपालिका-७ बस्ने २८ वर्षीय विनोद पुन मगर र सोही नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

कैलालीकै गोदावरी नगरपालिका-१ धनगढीस्थित सार्थक होटलबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ सय ५० मिलीग्रामसहित सोही नगरपालिका-५ गेटा बस्ने २८ वर्षीय दिपेन्द्र अवस्थीलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागुऔषध गाँजा १ केजी ३ सय २८ ग्राम नुवाकोट मेघाङ गाउँपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले नुवाकोटदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४२१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

उदयपुरकाे त्रियुगा नगरपालिका-३ मिलन चोक बस्ने ४२ वर्षीय किशोर चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १० ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लुकाई छुपाई ब्राउनसुगर बिक्री गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  २ : ०८ बजे

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको