४ चैत्र २०८२, बुधबार | March 19, 2026

समस्या समाधानका लागि सरकारले बोलाएको ठाँउमा वार्ता गर्न आफु तयार : अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’मा उनले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताए ।

“सत्तापक्षले संसद्मा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार छौँ, वार्ताका लागि हामी तयार छौँ”, उनले भने ।

अध्यक्ष ओलीले भारतलाई विवादमा पार्न नहुने स्पष्ट पारे । उनले भने, “मित्र राष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ । त्यो कुरा भारतलाई पनि थाहा छ । भारत त्यस्तो कुरा भन्दैन भनेको पनि छैन ।”

ललितानिवास प्रकरणमा जो–जो दोषी छन् तिनलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले भने, “ललिता निवास प्रकरणमा को–को दोषी छन्, छानबिन गरे हुन्छ । त्यो कुरा सरकारले बाहिर ल्याउनुपर्छ ।”

अहिले पनि सङ्घर्षको आवश्यकता नटरेको उल्लेख गर्दै उनले भने, “नचाहेर पनि हामीमाथि दमन हुन्छ र हामी त्यसको प्रतिवादमा उत्रिनुपर्छ ।”

अध्यक्ष ओलीले लोकतन्त्रका नाममा अराजक, हिंसात्मक क्रियाकलाप भइरहेको उल्लेख गर्दै एमाले स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने बताए । उनले देशलाई अलमल पार्नका लागि अनेक खालका भ्रम फिजाइएको उल्लेख गर्दै त्यो भ्रमका विरुद्ध एमाले सशक्त भएर अगाडि बढ्नुपर्ने बताए ।

नेपालको सामाजिक परिवर्तनमा विद्यार्थीको भूमिका असाधारण रहेको भन्दै उनले देशमा न्याय, समृद्धि विकास, शिक्षा र विकास सबै कुराका लागि विद्यार्थीले ज्यान दिएको बताए ।

नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनी राज नभएकाले मुलुक संविधान र कानुनअनुसार चल्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले दुई–दुई वर्षसम्म किन संवैधानिक परिषद्को बैठक भन्दै न्यायलयमाथि खेलवाड गरिएको टिप्पणी गरे ।

अनेरास्ववियुका अध्यक्ष समिक वडालले मुलुकको ठूलो राजनीतिक परिवर्तनमा विद्यार्थी भूमिका महत्त्वपूर्ण रहेको भन्दै विद्यार्थी शैक्षिक आन्दोलनमा मात्र नभएर मुलुकको परिवर्तनका लागि अघि बढ्ने बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : २३ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन