३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

कोलिय गणराज्यको दरबारक्षेत्र दाबी गरिएको खयरडाडाँमा भेटियो प्राचिन इनार र मध्यकालिन संरचना



लुम्बिनी । बुद्धको मावली क्षेत्र देवदहको प्राचिन दरबार रहेको दाबी गरिएको खयरडाडाँमा प्राचिन इनार र मध्यकालीन अवशेषहरु भेटिएको छ । लुम्बिनी विकास कोषले देवदह ९ खयरडाडाँमा गरेको उत्खननमा प्राचिन इनार र मध्यकालिन भवनको अवशेष भेटिएको हो ।

गत जेठ १७ गतेदेखि शुरु गरि असार १५ गतेसम्म करिव एक महिनासम्म गरिएको उत्खननबाट प्राचिन इनार र धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने सभाहलमा प्रयोग गरिएका इट्टा, माटोको दियोहरु प्रशस्त टेठिएको लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिए ।

‘प्राचिन इनारको प्रष्ट आकार देखिएको छ, धर्मदेशना गर्न निर्माण गरिएको हुनसक्ने भवनको संरचनामा प्रयोग गरिएको २ साईजका इट्टा भेटिएको छ’पुरातात्वविद् उप्रेतीले भने –‘मध्यकालिनजस्तो देखिने इट्टा भेटिएको हो, तर काल निर्धारणका लागि परीक्षणपछि पुष्टि हुनेछ ।’ उत्खननमा ठूलो पर्खालको संरचना, माटोका दियोको पिँध, इट्टाहरु प्रशस्त भेटिएको छ । पुरातात्वविद उप्रेतीका अनुसार भेटिएका संरचनाका आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यानकेन्द्र वा कुनै ठूलो भवन भएको अनुमान गर्न सकिन्छ ।  स्थानीयहरुले भने देवदह ९ घोडाहा स्थित खयरडाँडाक्षेत्र नै गौतम बुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरवार क्षेत्र भएको बताउँदै आएका छन ।

उत्खननमा केहि प्राचिन इनारसँगै ध्यानकेन्द्र जस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दियोहरु प्रशस्त भेटिएकाले देवदहको दावीलाई बल पुगेको बताईन्छ । तर, प्राचिन कोलिय गणराज्यको राजधानी देवदह क्षेत्रको यकिन पुष्टिका लागि भने ठूलो मात्रामा उत्खननको आवश्यता रहेको विज्ञहरुको बताउँछन । लामो समयपछि कोषका तर्फबाट उत्खनन शुरुवात भएकाले देवदहको खोजीका लागि ठूलो आकारको उत्खनन आवश्यक पर्ने पुरातात्वविद् उप्रेतीको भनाई छ ।

लामो समयदेखि देवदह क्षेत्रमा उत्खननको माग भएपनि हुन सकेको थिएन । देवदह क्षेत्रबाटै लुम्बिनी विकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराई नियुक्त भएपछि उत्खननलाई बिशेष महत्व दिदैं बर्षोपछि उत्खनन थालिएको हो । उत्खननले प्राचिन इनार र भग्नाअवेषहरु पत्ता लागेले यसले देवदहको खोजीका लागि महत्वपूर्ण प्रमाण फेला पारेको कोषाध्यक्ष भट्टराईले बताए । उनले स्थानीयहरुले दरबार क्षेत्र नै खयरडाँडा क्षेत्र भएको बताएपनि उत्खननले प्राचिन क्षेत्रको रुपमा पुष्टि गरेको बताए । उनले देवदहको खोजीका लागि निरन्तर उत्खनन गर्नुपर्नेमा जोड दिए ।

देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालिन पुरातात्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन सकिने कोषाध्यक्ष भट्टराईले बताए ।  देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा  बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन तथा अनुसन्धान गरिने, लुम्बिनी विकास कोषसँगको सहकार्यमा पूरातात्वीक क्षेत्रको उत्खननलाई निरन्तरता दिने उल्लेख गरेको छ ।

उत्खननबाट प्राप्त भएका पुरातात्वीक वस्तुहरुलाई संरक्षण गर्नका लागि संग्रालय निर्माण गरिने देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले बताए । लुम्बिनी विकास कोषका पुरातात्व शाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा पुरातात्व विभागका हरि भुसाल, कोषका नवराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान, शुभेच्छा पोखरेल, निशा पन्थी र अम्बिका सुब्बा खटिएका थिए ।

यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातात्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो । कोषले यहि आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार कपिलबस्तुको गोटिहवामा गत चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ८ : १७ बजे

टी-२० क्रिकेट विश्वकप : वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौँ । टी-२० क्रिकेट विश्वकपमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह

राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा महाशिवरात्री बढाइँ अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३ औँ सेना

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा