२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

शिक्षा हवका रूपमा नबिल बैंकको २५६ औँ शाखा उद्घाटन, शैक्षिक कर्जा तथा सेवालाई सहजीकरण गर्ने



काठमाडौं । नबिल बैंकले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । नेपालको अग्रणी बैंकिङ संस्थाको रूपमा रहेको नबिल बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन भएको हो ।

शिक्षा हवका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा ल्याएको हो । शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक पौड्यालले परामर्श हबका रुपमा परिचित पुतलीसडकमा नबिलको शिक्षा हबले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रहरुलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताए ।

शैक्षिक कर्जा लगायत चाहिने अरु सम्पुर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा उद्घाटन गरिएको सीईओ ढुंगानाले बताए । उनले सेवाग्राहीको मागलाई सम्बोधन गर्नको लागि नयाँ शाखा विस्तार गरिएकोे जनाए । विद्यार्थीहरूका लागि शैक्षिक गतिविधि र उनीहरूको गन्तव्य देशको यात्राको लागि बैंकिङ पहुँच दिने र दायरा विस्तार गर्ने अन्य परिष्कृत सेवाहरू प्रदान गर्ने विषयमा बैंक प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदाताहरुलाई सरल बैकिङ सेवा प्रदान गर्न सधैं तत्पर रहने बताए ।

उद्घाटन समारोहमा फेकनका अध्यक्ष वासुदेव नेपाल, इरिनका अध्यक्ष हेमन्त भट्टराई, एरी नेपालका अध्यक्ष महेशबाबु तिमिल्सिना, इक्यानका अध्यक्ष प्रकाश पाण्डे, नाएरका अध्यक्ष प्रेम पाण्डे र नेकाका अध्यक्ष सन्तोष प्याकुरेलका साथै युनिभर्शल ल्याग्वेजका संस्थापक उत्तम पन्तको विशेष उपस्थिति रहेको थियो । नबिल बैंकलाई विस्तारित शाखाका लागि बधाई दिँदै उनीहरुले विद्यार्थीहरूका लागि शैक्षिक गतिविधिका लागि चाहिने बैंकिङ सेवा नबिलले सहज वातावरणमा सरल किसिमले प्रदान गर्ने आशा रहेको बताए ।

नियमित बैंकिङ सेवाहरूका साथै, शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्धार सेवा प्रदान गर्ने लक्ष्य बैंकको छ । शिक्षा हबका रुपमा रहेको नबिल बैंकको यस शाखाले आइल्स, टोफेल, जिएरआई, एसएटी लगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्कको, कलेज तथा विश्वविद्यालयहरूमा ट्युशन शुल्क र अन्य शुल्कहरूको लागि विदेशी मुद्रा विनिमय दिने लगायतका सुविधा दिने उल्लेख गरिएको छ । त्यस्तै विदेशी विद्यार्थीको स्वास्थ्य बीमाको भुक्तानी समेत गर्न सकिने बैंकले जनाएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो जसको कुल निक्षेप रु ३७८ अर्ब तथा कुल कर्जा रु ३४० अर्ब रहेको छ । जसको शाखा सञ्जाल २५६ रहेको छ भने देशभरि २८३ एटिएम मेशिनहरुबाट बीस लाख भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ८ : ३१ बजे

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१

पाल्पामा बलेरो दुर्घटना, १४ जना घाइते

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति