२० मंसिर २०८२, शनिबार | December 7, 2025

बुटवलमा ११ वर्षीया बालिकामाथि बलात्कार गर्ने सुनिल पक्राउ, बागलुङमा नाबालकबाट नाबालिका बलात्कृत



बुटवल । बुटवल र बाग्लुङबाट बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् ।  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई परियारले शनिबार राती बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । फरक क्षमताकी ती बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बालिका कराएपछि ब्युंझिए लगत्तै परियार फरार भएकोमा प्रहरीले घर नजिकैबाट उनलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

उता १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका(४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती किशोरीलाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ५ : ०९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल