२५ चैत्र २०८२, बुधबार | April 9, 2026

‘द कफी हब’का निर्देशक तिरासले व्यवसाय प्रवर्द्धनमा नयाँ शैली अपनाउँदै



बुटवल । तिलोत्तमा-३ योगीकुटी, शान्तिचोकमा युवा व्यवसायी तिरास लाम्टाङ्गे मगरले ‘द कफी हब’ सञ्चालनमा ल्याएको ३ वर्ष बढी भयो । कफी तथा चियाका पारखीहरुलाई विभिन्न फ्लेवरका स्वाद चखाउँदै आएका उनले युवाहरुलाई व्यवसायीक सीप समेत उपलब्ध गराउँदै आएका छन् ।

हस्पिटालिटी कक्षा सञ्चालन गर्दै आएको कफी हबले स्थापनाको छोटो समयमै ७ सय बढी विद्यार्थीलाई तालिम प्रदान गरेको छ । बेकरी तथा वारिष्ठा तालिम सञ्चालन गर्दै आएको कफी हबबाट सीप सिकेर विद्यार्थीहरु विदेशमा समेत जाने गरेका छन् । मुख्यगरी माल्दिभ्स, दुबई तथा इथोपियाका लागि सिधै रोजगारदाता कम्पनीसँग सम्पर्क गराई सीप सिकेकाहरुलाई काममा पठाउने गरिएको निर्देशक लामटाङ्गेले बताए । सीप सिक्न आउने गरिब तथा विपन्न वर्गकालाई निःशुल्क रुपमा समेत अध्यापन गराइएको उनले बताए ।

पछिल्लो समय युवाहरु बीच कफि क्रेज बढ्दै गएको बताउँदै उनले दैनिक आउने ग्राहकको रोजाईमा हट कफीतर्फ क्यापाचिनो, एक्सप्रेसो, डोपियो लगायतका परिकार पर्ने गरेका छन् । यसैगरी कोल्ड कफीतर्फ आइस अमेरिक्यानो, आइस क्यापाचिनो तथा क्याफे मोका पर्ने गरेको उनले बताए । कफी हबमा करिब ५ दर्जन स्वादका कफी उपलब् हुने उनले बताए ।

हाल तिलोत्तमा नगरपालिकासँग सहकार्यगरी बेकरिज तथा वारिष्ठा तालिम सञ्चालन गरिरहेका उनले व्यवसायी प्रवर्द्धनका लागि आफ्नै प्रोडकाष्ट समेत सञ्चालनमा ल्याएका छन् । हरेक हप्ता फरक(फरक व्यक्तिका व्यवसायीक तथा संस्थागत गतिविधि र सफलताका कथा बारे अन्तरक्रिया गर्नेगरी प्रोडकाष्ट सञ्चालनमा ल्याएका हुन् । विगत ९ वर्षदेखि होटल म्यानेजमेन्ट विषयमा अध्यापन गराउँदै आएका उनले आफ्नै यूटुव च्यानल ‘कफी टक वीथ तिरास’ सञ्चालन गरेका छन् । यसको माध्यमबाट पर्यटन व्यवसायको क्षेत्रमा योगदान पुर्याउनेको उनको मुख्य लक्ष्य रहेको छ । व्यवसायलाई अन्यले भन्दा फरक तरिकाले सञ्चालन गर्नका लागि आफूले नयाँ-नयाँ उपायको खोजिमा लागिरहने उनि बताउँछन् ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ६ : ३७ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास