१२ श्रावण २०८१, शनिबार | July 27, 2024

घोराही सिमेन्टको आईपीओमा आजसम्म आवेदन दिन सकिने



काठमाडौ । घोराही सिमेन्टको आईपीओमा आवेदन दिने सोमबारअन्तिम दिन हो । लगानीकर्ताले सोमबार कार्यालय समयभित्र यस आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले २२ असारदेखि स्थगित आईपीओ पुनः बिक्रीमा ल्याएको हो ।

यस कम्पनीले १ सयअंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर आईपीओ निष्कासन गरेको हो । जसअनुसार प्रतिकित्ता ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वासाधारणका लागि बिक्रीमा ल्याएको छ । यसअघि कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गरेको थियो ।

कम्पनीले आईपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो । कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो ।

तथापि, धितोपत्र बोर्डले अध्ययन गरेर घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आइपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो ।

 

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १० : ५४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान