२० मंसिर २०८२, शनिबार | December 7, 2025

ललिता निवास प्रकरणमा असम्बन्धित व्यक्ति र पदाधिकारीको नाम जोडेर अतिरञ्जना नगर्न सीआईबीको आग्रह



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेको छ ।

सोमबार सिआईबीका प्रवक्ता (एसपी) सञ्जयसिंह थापाले विज्ञप्ति प्रकाशित गरी कसुरसँग असम्बन्धित व्यक्ति र पदाधिकारीको नाम जोडेर अतिरञ्जित र भ्रामक रूपमा प्रकाशित सामग्रीबारे ब्युरोको ध्यानाकर्षण भएको जनाएका छन् ।

सीआईबीले बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४३ रोपनी जग्गा संगठित रूपमा किर्ते गरेर व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने काममा संलग्न व्यक्तिहरू उपर अहिले अनुसन्धान भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ– ‘हाल ब्युरोबाट जारी अनुसन्धान ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको अवगत गराउन चाहन्छौं ।’

 

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १० : ०७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल