२ मंसिर २०८२, मंगलबार | November 18, 2025

गान्धारा सभ्यता र बौद्ध सम्पदाको प्रवर्धन गर्न पाकिस्तानमा गान्धारा सम्मेलन



पाकिस्तानमा आजदेखि तीन दिने अन्तराष्ट्रिय गान्धारा संगोष्ठी सुरु हुँदैछ ।

पाकिस्तानमा रहेको गान्धारा सभ्यता र बौद्ध सम्पदाको प्रदर्शन र प्रवर्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय संगोष्ठी सुरु हुन लागेको हो । सम्मेलनको उद्घाटन सत्रलाई प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र विदेशमन्त्री बिलावल भुट्टो जरदारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संगोष्ठीमा नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड, मलेसिया, दक्षिण कोरिया लगायतका देशका भिक्षुहरुको सहभागिता रहेको छ ।

संगोष्ठी सुरु हुनुअघि प्रधानमन्त्रीको गान्धारा पर्यटन कार्यदलका अध्यक्ष डा रमेशकुमार वाङ्कवानीले प्राचीन गान्धार सभ्यता बौद्ध सम्पदाको सांस्कृतिक संरक्षण गर्न सम्मेलन महत्वपूर्ण हुने बताएका छन् । उनले सम्मेलनको उद्देश्य पाकिस्तानमा रहेको गान्धार सभ्यता र बौद्ध सम्पदाको ऐतिहासिक र सांस्कृतिक महत्वको बारेमा विश्वव्यापी चेतना जगाउनु रहेको बताए । वाङ्कवानीले पाकिस्तान पर्यटकका लागि पूर्ण रूपमा सुरक्षित रहेको दाबी समेत गरेका छन् । उनले धार्मिक पर्यटन प्रवद्र्धनले व्यापारिक गतिविधिमा वृद्धि भई विदेशी मुद्रा आर्जन हुने विश्वास समेत व्यक्त गरे । उनले यो सम्मेलनले देशको नरम छवि प्रवर्द्धन गर्न र विश्वसँग सम्पर्क प्रदान गर्न सहयोग पुग्ने बताए ।

संगोष्ठीमा भाग लिन पुगेका भियतनाममा बौद्ध भिक्षुहरूले पाकिस्तानमा रहेको गान्धर सभ्यता र बौद्ध धर्मका स्थलहरूको खोजी र संरक्षण महत्वपूर्ण कदम भएको बताएका थिए । उनीहरुले बौद्ध धर्मावलम्बी र अन्य धर्मका अनुयायीहरूलाई सहजीकरण गरेकोमा पाकिस्तानको प्रशंसा पनि गरेका छन् । उनीहरुले पाकिस्तानको सांस्कृतिक सम्पदा हेर्नका लागि भविष्यमा धेरै पर्यटक आउने बताए । उनीहरुले गान्धार सभ्यता र पाकिस्तानको धार्मिक पर्यटनको सम्भाव्यतालाई प्रवर्द्धन गर्न मिडियालाई आफ्नो उचित भूमिका खेल्न आग्रह समेत गरेका छन् ।

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : २३ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो