९ चैत्र २०८२, सोमबार | March 24, 2026

गान्धारा सभ्यता र बौद्ध सम्पदाको प्रवर्धन गर्न पाकिस्तानमा गान्धारा सम्मेलन



पाकिस्तानमा आजदेखि तीन दिने अन्तराष्ट्रिय गान्धारा संगोष्ठी सुरु हुँदैछ ।

पाकिस्तानमा रहेको गान्धारा सभ्यता र बौद्ध सम्पदाको प्रदर्शन र प्रवर्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय संगोष्ठी सुरु हुन लागेको हो । सम्मेलनको उद्घाटन सत्रलाई प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र विदेशमन्त्री बिलावल भुट्टो जरदारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संगोष्ठीमा नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड, मलेसिया, दक्षिण कोरिया लगायतका देशका भिक्षुहरुको सहभागिता रहेको छ ।

संगोष्ठी सुरु हुनुअघि प्रधानमन्त्रीको गान्धारा पर्यटन कार्यदलका अध्यक्ष डा रमेशकुमार वाङ्कवानीले प्राचीन गान्धार सभ्यता बौद्ध सम्पदाको सांस्कृतिक संरक्षण गर्न सम्मेलन महत्वपूर्ण हुने बताएका छन् । उनले सम्मेलनको उद्देश्य पाकिस्तानमा रहेको गान्धार सभ्यता र बौद्ध सम्पदाको ऐतिहासिक र सांस्कृतिक महत्वको बारेमा विश्वव्यापी चेतना जगाउनु रहेको बताए । वाङ्कवानीले पाकिस्तान पर्यटकका लागि पूर्ण रूपमा सुरक्षित रहेको दाबी समेत गरेका छन् । उनले धार्मिक पर्यटन प्रवद्र्धनले व्यापारिक गतिविधिमा वृद्धि भई विदेशी मुद्रा आर्जन हुने विश्वास समेत व्यक्त गरे । उनले यो सम्मेलनले देशको नरम छवि प्रवर्द्धन गर्न र विश्वसँग सम्पर्क प्रदान गर्न सहयोग पुग्ने बताए ।

संगोष्ठीमा भाग लिन पुगेका भियतनाममा बौद्ध भिक्षुहरूले पाकिस्तानमा रहेको गान्धर सभ्यता र बौद्ध धर्मका स्थलहरूको खोजी र संरक्षण महत्वपूर्ण कदम भएको बताएका थिए । उनीहरुले बौद्ध धर्मावलम्बी र अन्य धर्मका अनुयायीहरूलाई सहजीकरण गरेकोमा पाकिस्तानको प्रशंसा पनि गरेका छन् । उनीहरुले पाकिस्तानको सांस्कृतिक सम्पदा हेर्नका लागि भविष्यमा धेरै पर्यटक आउने बताए । उनीहरुले गान्धार सभ्यता र पाकिस्तानको धार्मिक पर्यटनको सम्भाव्यतालाई प्रवर्द्धन गर्न मिडियालाई आफ्नो उचित भूमिका खेल्न आग्रह समेत गरेका छन् ।

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : २३ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११