२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

इन्टलेक्च्यूअलमा विद्यार्थीलाई सम्मान



बुटवल । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा एसइई २०७९ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । मंगलबार आयोजित सम्मान कार्यक्रममा स्कुल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल, स्कुलका अध्यक्ष गोविन्द प्रसाद मरासिनी, संचालक रामराज पोख्रेलले विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।

एसइईमा सहभागी २५ जना मध्ये २ जना ए प्लस ७ जना ए ,६ जना बि प्लस, ४ जना बि र ६ जनाले सि प्लस ल्याएका थिए । सो अवसरमा अंग्रेजी, गणित, कम्प्युटर, स्वास्थ्य तथा शारिरिक शिक्षा लगाएतका विषयमा ४ जिपिए ल्याउने १२ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने अन्य विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ठ ४ जना शिक्षकहरुलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष डा. कृष्ण खरेलले सिकाई जीवनका लागि हुनुपर्ने भएकाले धेरै अंक प्राप्त गर्ने हौसिने र कम अंक प्राप्त गर्ने निरुत्साहित हुन नहुने भन्दै मेहनत गर्न छोड्न नहुने धारणा राखे ।

स्कुलका संचालक रामराज पोख्रेलले वर्षभरिको पढाईलाई तीन घण्टे परिक्षाले विद्यार्थीको यथार्थ मुल्याङ्कन नहुने हुँदा खास मुल्याङ्कन विद्यार्थीले सिकेको सिपबाट हुने बताए । कार्यक्रममा एसइई २०७९ का उत्तिर्ण विद्यार्थी सजना थापाले आफ्नो धारणा राखेकी थिइन ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ३ : ०७ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ