काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगीनी एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिका लागि पेरिसडाँडामा राखिएको छ ।
आज बिहान ८ बजेर ३३ मिनेट जाँदा दाहालको निधन भएको थियो । दाहाललाई श्रद्धान्जलि दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु नर्भिक अस्पताल नै पुगका थिए । अहिले पेरिसडाँडामा माओवादीका नेता कार्यकर्ताहरु श्रद्धान्जलिका लागि उपस्थित भएका छन् ।
पेरिसडाँडामा श्रद्धान्जलि दिएपछि आजै दिउँसो पशुपति आर्यघाटमा दाहालको अन्तेष्टि गरिनेछ ।



















प्रतिक्रिया