५ चैत्र २०८२, बिहिबार | March 19, 2026

प्रचण्डसहित दुई छोरी रेनु र गंगाले दिए सीतालाई दागबत्ती, राजकीय सम्मानका साथ अन्त्येष्टि



काठमाडौं । काठमाडौं । दिवंगल सीता दाहाललाई उनका पति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र छोरीहरु रेनु र गंगाले दागबत्ती दिएका छन् ।

पशुपति आर्यघाटमा दागवत्ती दिनेक्रममा प्रचण्ड र छोरीहरु भावविह्वल बनेका छन् । दागवत्ती दिनुअघि दाहाललाई परिवारका अन्यसदस्यहरुले समेत अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि श्रद्धान्जली अर्पण गरेका छन् ।

दाहालको अन्तेष्टीमा भाग लिन सयौं माओवादी नेता कार्यकर्ता एवं दाहालका सुभेक्षुकहरु आर्यघाट पुगेका छन् ।

आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थीव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । पार्टी कार्यालयबाट अन्त्येष्टिका लागि उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट ल्याइएको थियो । नर्भिक अस्पतालबाट दाहालको पार्थीव शरीरलाई पार्टी कार्यालय लगिएको थियो ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको थियो।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ३ : ४८ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई