५ पुस २०८२, शनिबार | December 20, 2025

प्रचण्डसहित दुई छोरी रेनु र गंगाले दिए सीतालाई दागबत्ती, राजकीय सम्मानका साथ अन्त्येष्टि



काठमाडौं । काठमाडौं । दिवंगल सीता दाहाललाई उनका पति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र छोरीहरु रेनु र गंगाले दागबत्ती दिएका छन् ।

पशुपति आर्यघाटमा दागवत्ती दिनेक्रममा प्रचण्ड र छोरीहरु भावविह्वल बनेका छन् । दागवत्ती दिनुअघि दाहाललाई परिवारका अन्यसदस्यहरुले समेत अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि श्रद्धान्जली अर्पण गरेका छन् ।

दाहालको अन्तेष्टीमा भाग लिन सयौं माओवादी नेता कार्यकर्ता एवं दाहालका सुभेक्षुकहरु आर्यघाट पुगेका छन् ।

आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थीव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । पार्टी कार्यालयबाट अन्त्येष्टिका लागि उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट ल्याइएको थियो । नर्भिक अस्पतालबाट दाहालको पार्थीव शरीरलाई पार्टी कार्यालय लगिएको थियो ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको थियो।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ३ : ४८ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन