५ चैत्र २०८२, बिहिबार | March 19, 2026

सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुगेका नेता तथा कार्यकर्ताले सीतालाई माओवादीका सर्वोच्च नेता प्रचण्डको असली सल्लाहकारका रुपमा व्याख्या गरे । उनीहरुले प्रचण्डलाई सफल बनाउन सीताले खेलेको भूमिकाको चर्चा गरे ।

माओवादीका नेता दीनानाथ शर्माले सीताबाट पार्टीभित्र विभिन्न सङ्कट र अप्ठ्यारो अवस्थामा पनि सवैलाई सम्झाई बुझाइ गरी पार्टीमा आमाको भूमिका निर्वाह भएको स्मरण गरे ।

“हप्कीदप्की र माया गरेर सबैलाई ठीक ठाउँमा राख्ने अभिभावकको भूमिका, सबैलाई मिलाउने, क्रान्तिका कठीन घडी र सङ्कटबाट पार्टीलाई जोगाउने, प्रचण्डलाई यहाँसम्म पु¥याउन राजनीतिक सल्लाहकारले दिनुपर्ने सबै भूमिका निर्वाह गर्नुभयो”, उनले भने ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिवङ्गत सीताको योगदान पार्टी र आन्दोलनमा धेरै रहेको बताए । “अध्यक्षको भूमिकालाई प्रभावकारी बनाउने र पार्टी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा गृहणीमात्र नभई सक्रिय योद्धाकै भूमिका रह्यो”, उनले भने, “अध्यक्ष प्रचण्डलाई सहयोग गर्ने, चित्त नबुझेको कुरा सोझै भन्ने र रोक्न सक्ने क्षमता थियो ।”

गजुरेलले सीताको मुख्य विशेषता भनेको मानिसको अनुहारलाई पढेर कुन मानिस कसरी प्रस्तुत भयो, बाहिरी आवरण मात्रै हो कि हृदयदेखि हो भन्ने अनुहार अध्ययन गरेर प्रचण्डलाई सुझाव दिनेखालको क्षमता भएको स्मरण गरे ।

पार्टीमा सङ्कट आएका बखत एकताबद्ध गर्न भेटघाट र छलफल गर्ने गरेको सन्दर्भ स्मरण गर्दै उनले सीताको योगदान पार्टीमा अतुलनीय रहेको बताए । सीताको निधनले अपूरणीय क्षति पुगेको गजुरेलको भनाइ छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य कल्पना धमलाले सीता पार्टीको अभिभावकका रुपमा रहेको बताइन् । “आज हामीले अभिभावक गुमाएका छौँ । सिङ्गो पार्टी पङ्क्ति मर्माहत छ । पार्टी आन्दोलन र सङ्गठन निर्माणका क्रममा नेता तथा कार्यकताको संरक्षणका क्रममा उहाँले गर्ने मूल्याङकन असाध्यै न्यायिक थियो”, उनले भनिन् ।

पूर्वमन्त्री शशी श्रेष्ठले पुष्पकमललाई ‘प्रचण्ड’ बनाउन सीताको धेरै ठूलो योगदान रहेको बताइन् । “घर परिवार सम्हाल्ने मात्र होइन, जनयुद्धका समयमा साथै हिँडेर प्रचण्ड बनाउने काम उहाँले नै गर्नुभयो”, उनले भनिन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ४ : ०९ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई