१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मेक्सिकोमा श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए



मेक्सिकाे । मेक्सिकोमा ३२ वर्षीय एक पुरुषले अमानवीयताको सबै हद पार गरेका छन् । उनले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको दिमागलाई टाैकोसमा मिलाएर खाए, यसपछि खोपडीलाई एशट्रे बनाएर प्रयाेग गरे ।

द मिररकाे रिपोर्ट अनुसार आरोपी व्यक्तिलाई गत जुलाई २ मा पुएब्लोमा उनको घरबाट पक्राउ गरिएको थियो। उनलाई मिडियाले नरभक्षीको संज्ञा दिएका छन् ।

हत्यारा अल्भारो पेसाले निर्माण व्यवसायी हुन् । उनले गत वर्ष मारिया मोन्टसेराटसँग विवाह गरेका थिए । मारिया पहिले नै विवाहित थिए । उनका पाँच छोरी छन् । जेठी छोरी २३ वर्ष र कान्छी १२ वर्षकी छिन् । अल्भारोले २९ जुनमा आफ्नी श्रीमतीको हत्या गरेका थिए । सान्ता मुर्टे (आवर लेडी अफ होली डेथ) र शैतानले उनलाई आफ्नी श्रीमतीलाई मार्ने आदेश दिएको आरोपितले पुलिसलाई बताएका छन् ।

आरोपितले आफ्नी श्रीमतीको मस्तिष्कको भाग खाएको र उनको खप्परलाई एशट्रेको रूपमा प्रयोग गरेको स्वीकार गरेका छन् । उनका अनुसार हत्या पछि पीडितको शव टुक्रा-टुक्रा पारेर प्लाष्टिकको झोलामा हालेका थिए ।

हत्या भएको दुई दिनपछि अभियुक्तले आफ्नी सौतेनी छोरीलाई आफ्नो अपराध स्वीकादै बोलाएका थिए । पीडितकी छाेरी मारिया एलिसिया मोन्टील ​​सेरानले बताइन् कि, उसले आफ्नी एक छोरीलाई आफ्नी आमालाई लिएर जान भनेका थिए, ‘मैले तिम्री आमाकाे हत्या गरी झोलामा राखेको छु, आएर लैजाउ ।’

अल्भारोले आफ्नी छोरीको शरीरलाई चक्कु, छेनी र हथौडाले आक्रमण गरेकाे सेरानले बताइन । यसअघि उनले लागूऔषध सेवन गरेका थिए । ती अपराधी प्रति छोरीहरूलाई शारीरिक तथा यौन दुव्र्यवहार गरेको आरोप पनि लगाइएकाे छ । यसैबीच प्रहरीले अनुसन्धानका क्रममा उनको घरमा कालो जादूको वेदी पनि फेला पारेको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ७ : १७ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण