१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मेक्सिकोमा लागु औषध तस्करसँगको झडपमा १० जनाको मृत्यु



मेक्सिको सिटी । मेक्सिकोमा दोहोरो झडपमा भएको गोली हानहानमा परी १० जनाको मृत्यु भएको छ । उत्तरी मेक्सिको सुरक्षाकर्मी माथी बन्दुकधारीको एक समूहले गोली प्रहार गरे पछि जवाफी कारबाही हुदाँ १० जनाको मृत्यु भएको हो ।

मेक्सिको सिभिल फोर्सका सुरक्षाकर्मी सवार तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका बेलामा अचानक बन्दुकधारी समुहले गोली प्रहार गर्न सुरु गरेका थिए । मेक्सिकोका सुरक्षा सचिव गेरार्डो पालासियोसका अनुसार अनुसार त्यसपछि सुरु भएको दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिन पुगेका छन ।

उनका अनुसार  सो दोहोरो झडपमा परी सिभिल फोर्सका चार जना सुरक्षाकर्मी पनि घाइते हुन पुगेका छन ।

सो आक्रमण हिंसा प्रभावित क्षेत्र मानिने न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेको सुरक्षा सचिव पालासियोसले जानकारी दिए ।

मेक्सिको सरकारले सन २००६ देखी लागुऔषध विरोधी अभियान सुरु गरेयता मात्रै तीन लाख बढीको तस्करहरुको हत्या भईसकेको छ । सो घटना पनि लागुऔषध तस्करको सङ्गठित आपराधिक गिरोह हुन सक्ने मेक्सिको प्रहरीले जनाएको छ । उसका अनुसार सो घटनाका बारेमा थप छानबिन भईरहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : ५९ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा