१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

असार तेस्रो सातासम्म मोरङमा ६५ प्रतिशत रोपाइँ



मोरङ । असार तेस्रो साता बितिसक्दा मोरङमा ६५ प्रतिशत  (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाइँ भएको छ ।

‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका प्रमुख रामदेव सिंहले बताए ।

जिल्लाको १७ पालिकामध्ये रङ्गेली नगरपालिका, उर्लाबारी नगरपालिका र पथरी नगरपालिकामा ९० प्रतिशत रापाइँ भएको छ, कटहरी गाँउपालिका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकामा ७० प्रतिशत, सुनवर्षी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई गाउँपालिका, लेटाङ नगरपालिका, सुन्दरहरैँचा नगरपालिकामा ६० प्रतिशत, विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बूढीगङ्गा गाउँपालिकामा ५० प्रतिशत धान रोपाइँ भएको उनको भनाइ थियो ।

समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उल्लेख गर्दै प्रमुख सिंहले केही दिनदेखि लगातार पानी परिरहेकाले रोपाइँ गर्न सहज भएको बताए ।

जिल्लामा धेरै मात्रामा रञ्जीत, राम, बिबी एघार, स्वर्णलगायत धान लगाउने गरिएको उक्त केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिकटन धान उत्पादन भएको उक्त केन्दले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  १ : ०५ बजे

संसद्को संयुक्त बैठक आज, सभामुख परामर्शमा व्यस्त

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको

नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल

एकीकृत समाजवादीको केन्द्रीय समितीको बैठक आजदेखि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौं महानगरपालिकाका प्रमुख

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने