२० मंसिर २०८२, शनिबार | December 7, 2025

बर्दियामा १४ वर्षिया किशोरीलाई ६६ वर्षिय बृद्द पुरुषबाट बलात्कार, उदयपुरमा ५५ वर्षिया महिला बलात्कृत



काठमाडौं । बर्दियामा १४ वर्षिया किशोरीलाई ६६ वर्षिय बृद्दले बलात्कार गरेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६६ वर्षिय बृद्द प्रहरीले पक्राउ गरेसँगै बलात्कारको घटना सार्वजनिक भएको हो ।

पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका(४ भिमापुर घर भई गेरुवा गाउँपालिका(५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारू रहेका छन् । थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बर्दिया प्रहरीले जनाएको छ ।

उता उदयपुरमा ५५ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई उदयपुरको चौदण्डीगढी नगरपालिका(६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बास्तोलाल्ँई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका(६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको उदयपुर प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  २ : ११ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल